भारत भ्रमणमा रहेको अष्ट्रेलिया घरेलु टोलीसँग १ सय ३२ रनको इनिङ अन्तरको लज्जास्पद हार व्येहोरको छ। यो सँगै चार टेस्ट खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ।
भारतले पहिलो पारीमा २ सय २३ रनको अग्रता लिएकोमा दोस्रो ईनिङको ब्याटिङ सुरु गरेको पाहुना टोली ९१ रनमा नै अलआउट भएपछि सिरिज भारतले जितेको हो ।
फलोअनमा २ सय २३ आवश्यक हुँदा अष्ट्रेलिया ९१ रनमै अल आउट भएपछि भारतले दोस्रो इनिङ्स नखेल्दै जित हात पारेको हो । टेस्ट क्रिकेटमा भारतविरुद्ध अष्ट्रेलियाले बनाएको यो सबैभन्दा कम स्कोर हो।
पाहुना टोलीका लागि स्टिभ स्मिथले अविजित २५ रन बनाउनुबाहेक अन्यले राम्रो खेल्न सकेनन् ।
भारतका लागि रविचन्द्रन आश्विनले ५ तथा मोहम्मद सामी र रविन्द्र जडेजाले समान २/२ विकेट लिए ।
पाहुना टोली अस्ट्रेलियाका लागि स्पिनर टोड मुर्फिले ७ विकेट लिएपछि अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टको पहिलो पारीमा भारतले २ सय २३ रनको अग्रता बनाएको थियो। भारत तेस्रो दिनको पहिलो सेसनमा ४ सय रनमा अलआउट भएको थियो।
घरेलु टोलीका लागि पहिला ईनिङमा कप्तान रोहित शर्माले २ सय १२ बलमा १ सय २० रनको शतकीय ईनिङ खेले। रविन्द्र जडेजाले ७० र अक्षर पटेलले ८४ रन बनाए।
मोहम्मद सामी ३७, रविचन्द्रन आश्विन २३, केएल राहुल २० तथा विराट कोहलीले १२ रन बनाए। यस्तै टेस्टमा डेब्यु गरेका सूर्यकुमार यादव र केएस भरतले समान ८-८ रन बनाए।
पाहुना टोलीका टोड मुर्फिले सर्वाधिक ७ विकेट लिए। उनले यसै टेस्टबाट डेब्यु गरेका हुन्। कप्तान प्याट कमिन्स २ र नेथन लायनले १ विकेट लिएका थिए।
त्यसअघि नागपुरमा बिहिबारबाट सुरु पहिलो टेस्टको पहिलो पारीमा रविन्द्र जडेजाले महत्वपूर्ण ५ विकेट लिएपछि पाहुना टोली अस्ट्रेलियालाई १ सय ७७ रनमा समेटिएको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिनको तेस्रो सेसनमा अलआउट हुनुपुर्व मात्र १ सय ७७ रन बनाएको हो।
उसका लागि मार्नुस लाबुस्छानले ४९ रन बनाउँदा स्टिभ स्मिथले ३७ रन बनाए। एलेक्स केरी ३६ रनमा आउट हुँदा पिटर ह्यान्डसकमले ३१ रन थपे।
भारतका लागि रविन्द्र जडेजाले ५ विकेट लिए। रविचन्द्रन आश्विनले ३ तथा मोहम्मद सामी र मोहम्मद सिराजले समान १-१ विकेट हात पारे।