नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अहिले नेपाल र नामिबिया खेलिरहेका छन्।
टियु क्रिकेट मैदानमा भएको टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले पहिलो सफलता हात पारेको हो।
नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन्। उनले तेस्रो ओभरको पाँचौ बलमा नामिबियाका ओपनर लो- हान्ड्रे लुरेन्सको विकेट लिए। १३ बल खेलेका उनले १ चौकासहित ५ रन जोडे।
नेपालको प्लेइङ ११
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेट किपर), करन केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजबंशी, गुल्सन झा र भीम सार्की।