आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ।
नेपालका लागि सन्दीप लामिछानले विकेट लिएका हुन्। उनले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका हुन्।
पावरप्ले लगत्तै बलिङ गरेका लामिछानले २४ बलमा १३ रन बनाएर खेलिरहेका कार्ललाई बोल्ड गरेका हुन्।
स्पिनर सन्दीप लामिछाने बलात्कारको आरोप लागेपछि पहिलो पटक टोलीमा फर्किएका छन्।
यसअघि सोमपाल कामीले पहिलो विकेट लिएका थिए।
उनले तेस्रो ओभरको पाँचौ बलमा नामिबियाका ओपनर लो- हान्ड्रे लुरेन्सको विकेट लिए। १३ बल खेलेका उनले १ चौकासहित ५ रन जोडे।
नेपालको प्लेइङ ११
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेट किपर), करन केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजबंशी, गुल्सन झा र भीम सार्की।