नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेको छ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरिरहेको स्कटल्यान्डले ४१ ओभरमा ७ विकेट गुमाउँदै २०१ रन बनाएको छ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सातौं सफलता दिलाए। उनले डेब्यु खेलिरहेका ज्याक जार्भिसलाई २६ रनमा आउट गरे। उनले माइकल लिस्कसँग ८१ रनको साझेदारी गरेका थिए।
यसअघि ओपनर एवं कप्तान रिची बेरिंग्टन र क्रिसटोफेर म्याकबड्रीले पहिलो विकेटका लागि ७.४ ओभरमा ३४ रनको साझेदारी गरेका थिए। त्यसपछि विकेट गुमाएको स्कटल्याण्डले नेपाली बलरसामू खुलेर खेल्न सकेनन्।
नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारिसकेका छन्।
मल्लले आठौं ओभरको चौथो बलमा कप्तान रिची बेरिंग्टनलाई १९ रनमा कट एण्ड बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
२५ बल खेलेका बेरिंग्टनले २ चौका प्रहार गरे। २२ रन बनाएर खेलिरहेका अर्का ओपनर म्याकबड्रीलाई मल्लले आसिफ शेखबाट क्याच आउट गराए। उनले २९ बलमा ३ चौका प्रहार गरे।
त्यसपछि सन्दीप लामिछानेले दुई विकेट लिएका थिए । म्याथ्यु क्रसलाई दुई रनमा एलबीडब्लू आउट गरेका उनले १९ रन बनाएर खेलिरहेका टम म्याककिन्टसलाई पनि एलबीडब्लूको धरापमा पारे। डेब्यू खेल खेलेका उनले २८ बलमा २ चौका प्रहार गरेका थिए।
यस्तै २४ औं ओभरको दोस्रो बलमा कुशल भुर्तेलले क्रिस ग्रेभ्सलाई १६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराए। लगत्तै २५ औं ओभरमा सन्दीपले म्याकमुलेनलाई कुशल मल्लबाट क्याच आउट गराए।
स्कटल्यान्डका माइकल लिस्क र मार्क वाट क्रिजमा छन्।
नेपालको बलिङ
- सोमपाल कामी- ७-१-२९-०
- करण केसी- ६-१-३८-०
- कुशल मल्ल-९-१-४९-२
- सन्दीप लामिछाने- ९-०-२४-३
- कुशल भुर्तेल-६-०-९-१
- गुल्सन झा- १-०-९-०
- दीपेन्द्र सिंह ऐरी- ४-०-२०-१
नेपालले स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा पहिलो पटक खेल्न लागेको हो। स्कटल्यान्ड बिना दबाब मैदानमा उत्रने छ । अब तीन खेल खेल्न बाँकी रहेको अवस्थामा स्कटल्यान्ड लिग–२ को विजेता बनिसकेको छ । उसले हालसम्म ३३ खेलबाट ४८ अङ्क जोडिसकेको छ ।
नेपालले भने हालसम्म खेलका २५ खेलबाट २० अङ्क मात्र जोडेको छ । नेपाल सात टोली सहभागी लिग–२ को छैटौँ स्थानमा छ।
नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो।
नेपालले यसअघि नामिबियासित खेलेको पहिलो खेलको टोलीमा सामान्य परिवर्तन गरेको छ। नेपालले ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झालाई स्थान दिएको छ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने।