आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डले दिएको २७५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले सुरुवाती तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ओपनर कुशल भुर्तेल १६ रन बनाएर तेस्रो ओभरमा, ज्ञानेन्द्र मल्ल ४ रनमा सोही ओभरमा र आसिफ शेख पाँचौ ओभरमा ९ रन बनाएर आउट भए।
तीनै जनालाई स्कटल्यान्डका क्रिस सोलले क्याच आउट गरे। उनले पहिलो ओभरमा २३ रन खर्चिए पनि त्यसपछि उत्कृष्ट बलिङ गरेका थिए।
अहिले नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्ल ब्याटिङ गरिरहेका छन्। नेपालले पाँच ओभरमा ४५ रन जोड्दा तीन विकेट गुमाएको छ।