दीपेन्द्र सिंह ऐरीले एक दिवसीय अन्तर्राष्ट्रियमा दोस्रो अर्धसतक प्रहार गरेका छन्।
काठमाडौंमा जारी आईसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डविरूद्ध ७० बलमा ऐरीले अर्धसतक पुरा गरेका हुन्।
दोस्रो अन्तर्राष्ट्रिय अर्धसतक बनाउने क्रममा ऐरीले १ छक्का र ५ चौका प्रहार गरे। यसअघि ऐरीले काठमाडौंमै युएईविरूद्ध अर्धसतक पूरा गरेका थिए।
ऐरीले काठमाडौंमै पिएनजीसँग पहिलो एक दिवसीय सतक प्रहार गरेका थिए।
यसअघि कुशल मल्ल ८१ रन बनाएर आउट भएका थिए।
स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले सुरुवाती ६ ब्याट्सम्यानलाई गुमासकेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ओपनर कुशल भर्तेल १६ रन बनाएर तेस्रो ओभरमा, ज्ञानेन्द्र मल्ल ४ रनमा सोही ओभरमा र आसिफ शेख पाँचौ ओभरमा ९ रन बनाएर आउट भए। तीनै जनालाई स्कटल्यान्डका क्रिस सोलले क्याच आउट गरे। उनले पहिलो ओभरमा २३ रन खर्चिए पनि त्यसपछि उत्कृष्ट बलिङ गरे।
यस्तै नेपालका कप्तान रोहित पौडेल ६ रन तथा सन्दीप जोरा ५ रन जोडेर आउट भए। दुवैलाई स्कटल्यान्डका मार्क वाटले आउट गरे।
त्यसपछि ऐरीसँग सतकीय साझेदारी गरेका कुशल मल्लले ६७ बलमा ४ छक्का र ९ चौका प्रहार गरेका थिए।
अहिले नेपालका लागि दीपेन्द्रसिंह ऐरी गुल्सन झा ब्याटिङ गरिरहेका छन्। नेपालले २० ओभरमा १२७ रन जोड्दा पाँच विकेट गुमाएको छ।