काठमाडौंमा जारी आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत अहिले नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले १५औं ओभरमा पहिलो सफलता हात पारेको छ।
नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन्। उनले १५ औं ओभरको तेस्रो बलमा ओपनर कार्ल विरकेनस्टकको विकेट लिएका हुन्।
विरकेनटस्टकले ४३ बल खेलेर २ चौकासहित २० रन जोडेका थिए।
यस्तै सत्रौं ओभरमा नेपालले दोस्रो सफलता हात पारेको छ। सत्रौं ओभरको पाँचौ बलमा अर्का ओपनर लो-हान्द्रे लुवारेन्सलाई पनि सन्दीपले नै बोल्ड गरे।
५४ बल खेलेका उनले ८ चौकासहित ४१ रन बनाएर खेलिरहेका थिए।
१५ औं ओभरको समाप्तीमा नामिबिया १ विकेट गुमाएर ६५ रन बनाएर खेलिरहेको छ।
पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको थियो । ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेपछि नेपालले नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य पूरा गरेको थियो । यस्तै दोस्रो खेलमा पनि नेपाल विजयी भयो ।
स्कटल्यान्डलाई ३ विकेटले हराएपछि नेपालले दुई खेलमा चार अंक जोडेको छ । नामिबिया भने पहिलो जितको खोजीमा छ । उसले आफ्नो दोस्रो खेलमा स्कटल्यान्डसँग १० विकेटको फराकिलो हार व्यहोरेको थियो ।