आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईलाई नामिबियाले पराजित गरेको छ।
शनिबार दुबईमा भएको खेलमा युएईमाथि नामिबियाले ७ विकेटको जित निकाल्यो।
पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १६६ रन जोडेको थियो। उसका लागि कप्तान सी रिजवानले ६० रन जोडे।
१६७ रनको लक्ष्य नामिबियाले ३ विकेट गुमाएर २८.२ ओभरमा पूरा गर्यो। नामिबियाका लागि भान लिङ्गेनले नटआउट ७१ रन जोडे।
यससँगै नामिबियाले लिग-२ मा आफ्ना सबै खेलेको छ।
अब लिग-२ मा सहभागी ७ मध्ये नेपाल, युएई र पिएनजीले अन्तिम दुई त्रिकोणात्मक सिरिज खेल्न बाँकी छ।
तीनै टिमले दुई सिरिजमा ४-४ गरी ८ खेल खेल्नेछन्।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ।
युएई २८ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा रहदा छैटौं स्थानको नेपालको २८ खेलबाट २६ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक छ।
नेपाललाई शीर्ष तीनमा पर्न सात खेल र एकदिवसीय मान्यता जोगाउन ५ खेल जित्नु पर्नेछ।
नेपाल, युएई र पिएनजीबीच फागुन १५ देखि युएईमा सिरिज हुँदा अन्तिम सिरिज फागुन अन्तिम साता नेपालमा हुनेछ।
सिरिजका लागि नेपाली आज युएईतर्फ गएको छ।