इंग्ल्यान्डको क्रिकेट प्रतियोगिता द हन्ड्रेडको ड्राफ्टमा नेपालका दुई खेलाडी समावेश भएका छन्।
नेपालबाट लेगस्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद ड्राफ्टमा समावेश भएका हुन्।
सन्दीप यसअघि हेन्ड्रेडको ड्राफ्टबाट छनोट भएका थिए। तर भिसाको समस्याका कारण इंग्ल्यान्ड पुगेर पनि प्रतियोगिता खेल्न पाएका थिएनन्।
अर्जुन भने पहिलो पटक ड्राफ्टमा समावेश भएका हुन्।
ड्राफ्टबाट खेलाडी छनोट आगामी २३ मार्चमा हुनेछ। प्रतियोगितामा आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।