आजबाट सुरु भएको अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा घरेलु टिम भारतले कमजोर ब्याटिङ गरेको छ।
पहिलो इनिङ्ग्समा भारत १०९ रनमै अलआउट भएको छ।
भारतका लागि विराट कोहलीले सबैभन्दा बढी २२ रन जोडेका थिए।
ओपनरद्वय कप्तान रोहित शर्मा १२ रन र शुभमन गिल २१ रनमा आउट भए।
बलिङमा अस्ट्रेलियाका म्याथ्यु कुनरमनले ५ विकेट लिए। उनले ९ ओभरमा २ मेडन राख्दा १६ रन दिएका थिए।
नाथान लियोनले ३ विकेट हात पारे।