घरेलु टिम भारतलाई तेस्रो टेस्टमा ९ विकेटले पराजित गर्दै अस्ट्रेलिया आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
भारतले दिएको ७६ रनको लक्ष्य पछ्याउँदै दोस्रो इनिङ्ग्स ब्याटिङ गरेको अस्ट्रेलियाले १ विकेटको क्षतिमा लक्ष्य पार गर्यो। अस्ट्रेलियाका लागि त्रविस हेडले नटआउट ४९ रन र मार्नस लबुसेनले नटआउट २८ रन जोडे।
त्यसअघि पहिलो इनिङ्गसमा भारत १०९ रनमा अलआउट हुँदा अस्ट्रेलिया पनि १९७ रनमा अलआउट हुन पुगेको थियो।
दोस्रो इनिङमा फेरि कमजोर ब्याटिङ गरेको भारत १६३ रनमा अलआउट हुँदा अस्ट्रेलियाले ७६ रनको लक्ष्य पाएको थियो।
दुवै इनिङ्ग्समा गरी ११ विकेट लिएका अस्ट्रेलियाका नाथान लियोन प्लेयर अफ दि म्याच भए। उनले पहिलो इनिङ्ग्समा ३ विकेट र दोस्रो इनिङ्ग्समा ८ विकेट लिएका थिए।
विश्व टेस्टको फाइइनलमा पुगेको शीर्ष स्थानको अस्ट्रेलियाको जित प्रतिशत ६८.५२ रहदा दोस्रो स्थानको भारतको ६०.२९ र तेस्रो स्थानको श्रीलंकको ५३.३३ र चौथो स्थानको दक्षिण अफ्रिकाको ५२.३८ छ।