आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत खराब सुरूआत गरेको नेपाललका लागि भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धसतक बनाएर आउट भएका छन्।
पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले ९९ बल खेल्दै ७ चौकासहित ७० रन बनाएर आउट भए।
उनी ४३ औं ओभरको तेस्रो बलमा रोहन मुस्ताफाको बलमा बोल्ड भए।
६८ रनमा ५ विकेट गुमाएर खराब प्रदर्शन गरिरहेको नेपालका लागि भीम सार्की र सन्दीप लामिछानेले ५६ रनको साझेदारी गर्दै नेपालको १०० रन पार गराएका थिए। तर ३२ औं ओभरको दोस्रो बलमा लामिछाने व्यक्तिगत २७ रनमा क्याचआउट भए। उनले ४० बल खेल्दै १ चौका हिर्काए।
त्यसपछि सार्कीले आरिफ शेखसँग ५६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याए।
नेपालका लागि शीर्ष ५ ब्याटर ज्ञानेद्र मल्लले ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित पौडेल १, दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए।
युएईका लागि जुनाइद सिद्धिकि र आयन लाक्राले २-२ तथा रोहन मुस्ताफा र कार्तिक मैयाप्पनलेले १-१ विकेट लिए।
अहिले क्रिजमा आरिफ खेख र करण केसी ब्याटिङ गरिरहेका छन्।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले ४५ ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएर खेलिरहेको छ।