नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले उत्कृष्ट सुरूआत गरेको छ। सुरूआती दोस्रो बलमै विकेट गुमाएको युएईले ३० ओभरको अन्तिम बलमा तेस्रो विकेट गुमायो। तीन विकेट गुमाएको युएईले ३२ ओभरमा १३९ रन बनाएको छ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत घरेलु मैदानको अन्तिम खेल खेलिरहेको युएईको तेस्रो विकेटको रुपमा वृत्य अरविन्द १३ रनमा आउट भए। उनलाई आरिफ शेखले एलबिडब्लूको धरापमा पारे।
त्यसअघि अर्यान लर्कानले अर्धसतक पूरा गरेर आउट भए। ७८ बल खेलेका उनले दीपेन्द्र सिंह ऐरीको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि ४ चौका र १ छक्कासहित ५० रन बनाएका थिए
तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै युएईका प्रमुख ब्याटर तथा कप्तान मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरेका थिए। वासिमको विकेटपछि भने नेपालले दोस्रो विकेट निकै संघर्ष गर्नुपरेको हो।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो।