आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।
तेस्रो ओभरमै विकेट गुमाएको युएईका लागि कप्तान मोहम्मद वासिम र वृत्य अरविन्दले ब्याटिङ गरिरहेका छन्।
ओभर-६ (४ रन): युएईले छैठौं ओभरमा ४ रन जोडेको छ। सोमपाल कामीले ४ रन खर्चिएका हुन्।
ओभर-५ (२ रन): युएईले पाँचौ ओभरमा २ रन जोडेको छ। ललितनारायण राजबंशीले २ रन खर्चिएका हुन्।
ओभर-४ (२२ रन): युएईले चौथो ओभरमा लगातार २ छक्का र १ चौका २२ रन जोडेको छ। नेपालका लागि कुशल मल्लले युएईका कप्तान मोहम्मद वासिमलाई लगातार २ छक्का दिएका थिए। उनले ओभरको अन्तिम बलमा वृत्य अरबिन्दलाई चौका दिँदै एकै ओभरमा २२ रन खर्चिए।
ओभर-३ (विकेट १ रन): युएईले तेस्रो ओभरमा विकेट गुमाउँदै १ रन मात्र जोडेको छ। नेपालका लागि ललितनारायण राजबंशीले ओभरको पाँचौ बलमा युएईका ओपनर आर्यन लक्राको विकेट लिएका हुन्। यो ओभरमा उनले १ रन मात्र खर्चिए।
ओभर-२ (१३ रन): युएईले दोस्रो ओभरमा १ छक्का र १ चौकासहित १३ रन जोडेको छ। सोमपाल कामीले यो ओभरमा युएईका कप्तान मोहम्मद वासिमलाई चौका र छक्का दिएका छन्।
ओभर-१ (५ रन): युएईले पहिलो ओभरमा १ चौकासहित ५ रन जोडेको छ। ललितनारायण राजबंशीले पहिलो ओभरमा आर्यन लाक्रालाई चौका दिएका हुन्।
विकेट
- नेपालका लागि ललितनारायण राजबंशीले तेस्रो ओभरको पाँचौ बलमा युएईका ओपनर आर्यन लक्रालाई ६ रनमा बोल्ड गरे। ७ बल खेलेका उनले १ चौका प्रहार गरेका थिए। उनले पहिलो विकेटका लागि कप्तान कप्तान मोहम्मद वासिमसँग २.५ ओभरमा १९ रनको साझेदारी गरे।
नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ। तिब्र गतिका बलर करण केसीको स्थानमा गुल्सन झालाई मौका दिइएको छ।
नेपालले प्रतिश जि.सी. ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ। टोलीमा अन्य परिवर्तन छैन। उता युएईले तीव्र गतिका बलर जुनैद्द सिद्दिकलाई मौका दिँदा जवार फरिदलाई बेन्चमा राखेको छ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।