नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरूद्ध विशाल लक्ष्य पछ्याउनेक्रममा खराब ब्याटिङ गरेको छ।
टिमको स्कोर १०० रन हुँदा आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएको छ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले सुरुआती १० ओभरमा ३ विकेट गुमाउँदै ५२ रन बनाएको थियो। त्यसपछि थप ५० रन बनाउँदा चौथो विकेट गुमायो।
ओपनर आसिफ शेख तेस्रो बलमै वृत्य अरविन्दबाट स्टम्पिङ आउट भए। कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए ।
आयनको बलमा ठूलो सट खेल्न खोजेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए। वासिमले मिडअनमा उत्कृष्ट क्याच लिएका थिए ।
त्यसपछि नेपाली इनिङ्स सम्हालिरहेका कुशल भुर्तेल व्यक्तिगत ५० रन पूरा गरेपछि आउट भए। उनले ३५ बल खेलेर ३ चौका र ४ छक्का हिर्काए।
अहिले क्रिजमा भीम सार्की र आरिफ शेख छन्।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।
युएईका आसिफ खान ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको विष्फोटक शतकीय इनिङ खेले । वृत्य अरविन्द १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए ।
छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।