डकवर्थ लुईस नियम अनुसार युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ।
लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।
नेपालले उक्त मेथडअनुसार ९ रनले युएईलाई पराजित गरेको हो। यो जितसँगै आइसिसी विश्वकप लिग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले कीर्तिमानी लक्ष्य पाएको थियो।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० जोड्यो।
युएईविरूद्ध जित हासिल गरेसँगै नेपाली क्रिकेट टोलीले खुसीयाली मनाएका छन्।
तस्बिरहरू: