घरेलु टिम भारतविरूद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाले २-१ ले जितेको छ।
बुधबार भएको निर्णायक तथा तेस्रो एकदिवसीय खेलमा भारतलाई २१ रनले पराजित गर्दै अस्ट्रेलियाले सिरिज आफ्नो पक्षमा परेको हो।
चेन्नईमा अस्ट्रेलियाले दिएको २७० रनको लक्ष्य पछ्याएको भारत ५ बल खेल्न बाँकी छदा २४८ रनमा अलआउट भयो।
भारतका लागि विराट कोहलीले ५४ रन जोडे भने ओपनरद्वय कप्तान रोहित शर्माले ३० रन र शुभमन गिलले ३७ रन बनाए।
केएल राहुलले ३२ रन र हार्दिक पाण्ड्या ४० रन जोडेर आउट भए।
बलिङमा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभरमा २६९ रनमा अलआउट भयो।
अस्ट्रेलियाका लागि मिचेल मार्सले सबैभन्दा बढि ४७ रन जोडेका थिए।
कुनै पनि ब्याट्सम्यानले अर्धशतक हिर्काउन नसके पनि अस्ट्रेलियाका ६ ब्याट्सम्यालने २५ वा सोभन्दा बढी रन जोडे।
बलिङमा भारतका पाण्ड्या र कुलदिप यादवले ३-३ विकेट लिए।