स्कटल्यान्डका पूर्व कप्तान केल कोइट्जरले प्रशिक्षक करिअर सुरु गर्न खेल जीवनबाट संन्यास लिएका छन्।
स्कटल्यान्डका लागि टी-२० र एकदिवसिय खेलमा गरी कुल ११० पटक नेतृत्व गरिसकेका ३८ वर्षीय उनले महिला टोली नर्दन डायमन्ड्सको सहायक प्रशिक्षकको रुपमा काम सुरु गर्ने भएका छन्।
कोएट्जरले गत वर्ष स्कटल्यान्डको कप्तानबाट राजीनामा दिए। गत महिना आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा सिरिज खेल्न नेपाल आएका थिए।
स्कटल्यान्डले लिग-२ को उपाधि जितेको थियो।
उनी २०२० मा आइसिसी पुरुष एसोसिएट क्रिकेटर अफ द डिकेड घोषित भएका थिए।