ललितपुर मेयर महिला च्याम्पियनसिपमा सुदूरपश्चिम र एपिएफले जित निकालेका छन्।
बिहीबारदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिमले ललितपुर मेयर्स-११ लाई ५१ रनले हरायो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३ विकेटको क्षतिमा १३७ रन जोड्यो।
सुदूरपश्चिमका लागि सम्झना खड्काले नटआउट ५१ रन जोडिन्।
बलिङमा ललितपुरकी कृतिका मरासिनीले २ विकेट लिइन्।
१३८ रनको लक्ष्य पछ्याएको ललितपुर २० ओभरमा ७ विकेटको क्षतिमा ८६ रन मात्र जोड्न सक्यो।
उसका लागि लक्ष्मी चौधरीले २५ रन जोडिन्।
बलिङमा सुदूरपश्चिमकी ऋतु कनौजियाले २ विकेट लिइन्।
यता अर्को खेलमा एपिएफले मधेश प्रदेशलाई १० विकेटले हरायो।
पहिले ब्याटिङ गरेको मधेस २ बल खेल्न बाँकी छदा ५८ रनमा अलआउट भयो।
मधेसका लागि सना प्रविनले सबैभन्दा बढी २५ रन जोडिन्।
बलिङमा एपिएफकी सोनु खड्काले ४ विकेट लिइन्।
५९ रनको लक्ष्य एपिएफले विनाविकेटको क्षतिमा ७.३ ओभरमा पूरा गर्यो।
एपिएफका लागि ओपनर ज्योती पाण्डेले ८ रन र सीता रानामगरले नटआउट ४५ रन जोडिन्।