ललितपुर मेयर महिला च्याम्पियनसिपमा एपिएफले लगातार दोस्रो खेलमा जित हात पारेको छ।
शुक्राबार भएको खेलमा एपिएफले सुदूरपश्चिमलाई १५ रनले पराजित गर्यो।
यसअघि बिहीबार एपिएफले मधेसलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो।
शुक्रबार कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले २ विकेटको क्षतिमा १२१ रन जोड्यो।
एपिएफका लागि ज्योती पाण्डेले १३ रन जोड्दा कप्तान सीता रानामगरले नटआउट ५२ रन जोडिन्। उनले ५९ बलमा ७ चौका प्रहार गरिन्। इन्दू बर्माले ४५ रनको योगदान गरिन्।
१२२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १०६ रन मात्र जोड्न सक्यो।
उसका लागि कविता कुँवरले ५१ रन जोडिन्। कविता जोशीले नटआउट २६ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा एपिएफकी सुमन विष्टले २ विकेट लिइन्।
यता अर्को खेलमा ललितपुर मेर्यस-११ माथि कोसीले ७ विकेटको जित निकाल्यो।
पहिले ब्याटिङ गरेको ललितपुर १६.५ ओभरमा ६५ रनमा अलआउट भयो। उसका लागि लक्ष्मी चौधरीले २३ रन जोड्दा अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा कोसीका निशा साहले ३ विकेट लिइन् भने अप्सरी बेगमले २ विकेट र सबनम राईले १ विकेट लिए।
६६ रनको लक्ष्य कोसीले १२ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। कोसीकी ओपनर काजल श्रेष्ठले ० रन तथा कप्तान रुबिना क्षेत्री १३ रनमा आउट भए। अप्सरी बेगमले नटआउट २९ रनको योगदान गरिन्।