इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्सले विजयी सुरुआत गरेको छ।
शनिबार दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गर्दैै लखनऊले विजयी सुरुआत गरेको हो।
लखनऊको अटल बिहारी वाजपेयी क्रिकेट रंगशालामा लखनऊले दिएको १९३ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेटको क्षतिमा १४३ रन बनाउन सक्यो।
दिल्लीका लागि कप्तान डेभिड वार्नरले अर्धशतक बनाउने क्रममा ४८ बलमा ७ चौकाको मद्दतमा ५६ रन बनाए।
त्यस्तै रिली रस्सोले ३० रन बनाउँदा अक्छर पटेलले १६ रन र पृथ्वी शले १० रन बनाउनुबाहेक दिल्लीका अन्य ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन सकेनन्।
दिल्लीलाई सस्तोमै समेट्न लखनऊका मार्क उडले सर्वाधिक पाँच विकेट लिए। उनले ओपनर पृथ्वी श, मिचेल सार्स, सर्फराज खान, अक्षर पटेल र चेतन सकारियालाई आउट गरे।
त्यस्तै आवेश खान र रवी बिस्नोइले दुई–दुई विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९३ रन बनाएको थियो।
लखनऊका लागि ओपनर कायल मेयर्सले सर्वाधिक ७३ रन बनाए। ५३ बल खेलेका कायलले ७ छक्का र २ चौका प्रहार गरे।
२१ बल खेलको निकोलस पुरनले ३ छक्का र २ चौका प्रहार गर्दै ३६ रन बनाए। ७ बलमात्रै खेलेका आयुष बदोनीले १८ रन बनाए।
त्यस्तै दीपक हुडाले १७ रन बनाए। जितसँगै दुई अंक जोड्दै लखनऊ लिगको शीर्ष स्थानमा छ।
अर्को खेलमा पञ्जाव किंग्सले कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ।