अहमदाबादमा चेन्नई सुपरकिंग्स विरुद्धको आइपिएलको उद्घाटन खेलमा लागेको घुँडाको चोटका कारण गुजरात टाइटन्सका ब्याट्सम्यान केन विलियम्सन बाँकी खेल गुमाउने भएका छन्।
विलियमसन अर्को हप्ता घर जानेछन् र त्यहाँ थप उपचार गर्नेछन्।
‘केनलाई यति चाँडै चोटले गुमाउनु दुःखद हो। हामी उनलाई छिट्टै मैदानमा देख्ने आशाका साथ उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,‘ टाइटन्सका क्रिकेट निर्देशक विक्रम सोलंकीले एक विज्ञप्तिमा भने।
टाइटन्सका लागि आफ्नो डेब्यू खेलमा विलियम्सनले सुपर किंग्सको इनिङ्सको १३ औं ओभरमा डिप स्क्वायर लेग बाउन्ड्रीमा क्याच लिने प्रयास गर्दा दायाँ घुँडामा चोट लागेको थियो।
उनले रुतुराज गायकवाडको ब्याटमा छक्का प्रहार गरेको बललाई रोक्न उनी उफ्रिएका थिए। उनले दुई रन बचाउन सफल भए, तर त्यसबेला विलियमसन आफ्नो दाहिने घुँडा समातेर मैदानमै पिडादायी अवस्थामा थिए।
केही समयको लागि उपचार पाएको बावजुद उनी मैदानमा फर्कन सकेनन्, टाइटन्सले पहिले बी साई सुधरसनलाई वैकल्पिक फिल्डरको रूपमा ल्यायो र पछि नयाँ इम्प्याक्ट प्लेयर नियम मार्फत् प्लेइङ-११ बदलेको थियो।
आइपिएलपछि विलियम्सन कति समय बाहिर हुनेछन्, त्यो भने हेर्न बाँकी छ। न्यूजिल्याण्डका प्रशिक्षक ग्यारी स्टेडले यो चोटलाई विलियम्सन र टोलीका लागि ‘ठूलो धक्का’ भनेका छन्।
न्यूजिल्याण्डले हाल टेष्ट र एकदिवसीय पछि घरेलु मैदानमा श्रीलंकाविरुद्ध टी-२० सिरिज खेलिरहेको छ। न्युजिल्यान्ड त्यसपछि पाँच टी-२० र एकदिवसीय सिरिज खेल्न पाकिस्तान जानेछ। आइपिएलका कारण यी सिरिजमा उनको नाम टिममा थिएन।
विलियमसन भर्खरै लामो समयदेखि कुहिनोको चोटबाट पूर्ण रूपमा निको भएका थिए, जसले उनलाई विगत दुई वर्षदेखि दुख दिएको थियो।