नेपाल क्रिकेट संघ (क्यान) लाई आइसिसीले ‘फिमेल क्रिकेट इनिसिएभिव अफ दि इयर’ को मनोयनमा राखेको छ।
क्यानलाई एसियाको क्षेत्रीय विजेता गर्दै ग्लोबल अवार्डको मनोनयनमा राखिएको हो।
मनोनयनमा एसियाबाट क्यान पर्दा अफ्रिकाबाट नाइजेरिया, इस्ट एसिया प्यासेफिकबाट पपुवा न्युगिनी र युरोपबाट रोमानिया परेका छन्।
आइसिसीले विकास र शान्तिका लागि संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा छ वटा पुरस्कार विधामा क्षेत्रीय विजेताहरूको नाम घोषणा गरेको हो। जसमा क्यानले ‘फिमेल क्रिकेट इनिसिएभिव अफ दि इयर’ विधामा एसियाको तर्फबाट विजेता घोषित गरिएको छ।
क्षेत्रीय विजेताहरूलाई अब ग्लोबल अवार्डको मनोनयमा राखिएको छ। आइसिसी विकास अवार्ड २०२२ का ग्लोबल विजेता क्रिकेट स्टार, स्थायी सदस्य प्रतिनिधिहरू, आइसिसी साझेदारहरू र मिडिया मिलेर बनेको प्यानलले घोषणा गर्नेछ।
आइसिसीले सन् २००२ मा स्थापना गरेको पुरस्कार विभिन्न ६ विधामा क्रिकेटमा उदाइरहेका राष्ट्रहरूमा क्रिकेटको खेलको विकास गर्नका लागि गरेका कार्यका लागि प्रदान गर्ने गरिन्छ।