जनकपुरधाममा सुरु भएको ‘मेयर कप’ टी–२० क्रिकेट प्रतियोगिताको पहिले खेलमा धनुषा टिम विजयी भएको छ।
जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालामा भएको खेलमा महोत्तरी टिमलाई धनुषाले ३२ रनले पराजित गरेको हो।
टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो।
जनकपुरको तर्फबाट हिमान्सु दत्तले सर्वाधिक २८ बलमा ३२ रन बनाए।
यस्तै, अकवर अलीले १९, परशुराम यादव १७, सरद भेस्वाकरले १६ रन जोडेका थिए। जनकपुरका कप्तान समेत रहेका हरिशंकर साहले १६, विशाल सुश्लिङ्ग ९, रौनक रत्नाम ७, कृष्ण कार्की २, सुजित मण्डल र विक्रान्त यादवले १–१ रन बनाए।
महोत्तरीबाट विनोद सहनीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिएभने नितेशकुमार यादव, अभिशेक तिवारी, रमेश सहनी र नविन यादवले १–१ विकेट लिएका थिए।
जवाफी ब्याटिङ गरेको महोत्तरीले २० ओभरमा सात विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो।
महोत्तरीबाट मो. सरफराज अन्सारीले सर्वाधिक ३४ रन बनाए।
अभिशेक यादव २७, विनोद सहनी १८, नविन यादव १७ रनको योगदान दिए। बलिङ तर्फ जनकपुरका कृष्ण कार्कीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने अकाश रोय, हरिशंकर साह र विक्रान्त यादवले १–१ विकेट लिए।
३ विकेट लिएका कार्कीलाई प्लेयर अफ द म्याचको उपाधि दिइएको हो। जनकपुरधाम मेयर कप टी–२० प्रतियोगितामा जम्मा १२ वटा टिम सहभागी छ।