आइपिएल २०२३ अन्तर्गत कोलकता नाइट राइडर्सका रिन्कु सिंहले अन्तिम पाँच बलमा पाँच छक्का हिर्काएपछि गुजरात टाइटन्समाथि ३ विकेटको जित हात पारेको छ।
गुजरातले दिएको २०५ रनको लक्ष्य पछ्याएको कोलकतालाई अन्तिम ओभरमा जितका लागि २९ रन चाहिएको थियो।
गुजरातका यश दयालको पहिलो बलमा कोलकताका उमेश यादवले एक रन लिए। त्यसपछि स्ट्राइकमा आएका रिन्कुले लगातार पाँच छक्का हिर्काउँदै कोलकतालाई रोमाञ्चक जित दिलाए।
उनले २१ बलमा नटआउट ४८ रन जोडे। २५ वर्षीय रिन्कु उत्तर प्रदेशका हुन्।
त्यसअघि कोलकताका लागि वेंकटेश अय्यरले ८३ रन जोडे भने कप्तान नितेश रानाले ४५ रन बटुले। बलिङमा गुजरातका रासिद खानले ३ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले ४ विकेटको क्षतिमा २०४ रन जोड्यो।
उसका लागि विजय शंकरले नटआउट ६३ रन जोड्दा साइ सुदर्शनले ५३ रनको योगदान गरे।
बलिङमा कोलकताका सुनिल नारिनले ३ विकेट लिए।
जारी आइपिएलमा तीन तीन खेल खेलेका कोलकता र गुजरातले दुई दुई खेलमा जित निकालेका छन्।