बलियो नेपाल कप अन्तर एकेडेमी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको छ।
आज भएको फाइनल खेलमा स्टार क्रिकेट एकेडेमीले कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै बलियो नेपाल कप २०२३ को उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै केवल ७२ रनको बनाउन सफल रह्यो।
कर्णालीका बिराट भण्डारीले २७ बलमा सर्वाधिक १५ रन बनाए। रोशनले व्यक्तिगत १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन।
स्टारका लागि सुमित पराजुलीले आफ्नो व्यक्तिगत ४ ओभरमा १७ रन खर्चिंदै ३ विकेट लिन सफल भए। त्यस्तै शुभम खनालले २ तथा कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १ विकेट लिए।
७३ रनको लक्ष्य पक्ष्याउँदै ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले उक्त लक्ष्य केबल ९.५ ओवर खेली ३ विकेट गुमाउँदै पूरा गर्यो।
स्टारका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाए भने कप्तान अमर मिश्रले केबल ९ बलमा २२ रन बनाए।
बिशालले ८ रन र अंकितले अविजित १५ रन बनाए। स्टारका लागि बिक्रम सिंहले चौका प्रहार गर्दै खेलमा जित निकाल्न सफल रहे। बलिङ तर्फ भने कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान १-१ विकेट लिन सफल रहे।
फाइनल खेलको प्लेयर अफ द म्याच स्टार क्रिकेट एकेडेमीका सुमित अर्याल चुनिएका थिए।
यस्तै प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याटर विराट सिंह भण्डारी, र प्लेयर अफ द सिरिज स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र पुरस्कृत भए। समापन समारोहको प्रमुख आथित्यता सांसद सोविता गौतमले गरिन्।
प्रतियोगिताको विजेता टोलीले जनही पचाँस हजार, तथा उपविजेता टोलीले पच्चीस हजार प्राप्त गरे भने उत्कृस्ट व्याटर र बलरले समान सात हजार तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद पुरस्कार पाए।
साथै फाइनल खेलको बीच बलियो नेपाल न्युट्रिसन ईनिसियटिभले गण्डकी प्रदेशका खेलाडीहरु सिनियर राष्ट्रिय टिमका करण केसी, तथा यु१९ टिमका अर्जुन कुमाल र सुवास भण्डारीको पछिल्लो खेल प्रदर्शन तथा देशलाई महत्वपूर्ण प्रतियोगिता जिताउंदै उच्च नाम राख्न सफल भएकोमा नगद पुरस्कार सहित सम्मान गरेको छ।