आइपिएल २०२३ मा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि लखनउ सुपरजायन्टले १ विकेटको रोमाञ्चक जित हात पारेको छ।
सोमबार बेंगलुरुमा भएको खेलमा पहिले ब्याटिङ गरेको बेंग्लोरले २ विकेटको क्षतिमा २१२ रन जोड्यो। उसक लागि विराट कोहलीले ६१ रन जोड्दा कप्तान फाप डु प्लेसिसले नटआउट ७९ रन जवडे। ग्लेन म्याक्सवेलले ५९ रनको योगदान गरे।
२१३ रनको लक्ष्य लखउनले अन्तिम बलमा ९ विकेट गुमाएर पार गर्यो।
उसका लागि मार्कस स्टोइनिसले ६५ रन जोडे भने १५ बलमा अर्धशतक प्रहार गरेका निकोलास पूरनले ६२ रन बनाए। स्टोइनिसले ३० बलमा ६ चौका र ५ छक्का तथा पूरनले १९ बलमा ४ चौका र ७ छक्का प्रहार गरे।
अन्तिम ओभरमा लखउनलाई जितका लागि ५ रन चाहिएको थियो भने ३ विकेट बाँकी थियो।
तर बेंग्लोरका हर्षल पटेलले दोस्रो बलमा मार्क उडलाई आउट गरेका थिए। अन्तिम दुई बलमा जितका लागि एक रन चाहिएको स्थितिमा जयदेव उनाडकद पनि आउट भए। अन्तिम बलमा एक रन चाहिदा आवेस खानले रन लिन सफल भए।
जितसँगै शीर्ष स्थानमा पुगेको लखनउले चार खेलबाट ६ अंक जोडेको छ। बेंग्लोर भने तीन खेलमा २ अंक मात्र जोड्न सफल भएको छ।