एसीसी यू-१९ क्रिकेट प्रतियोगिताका लागि नेपालको यू-१९ टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले सम्हाल्ने भएका छन्।
प्रतियोगिताका लागि नेपाली टोलीको अन्तिम नामावली आइतबार सार्वजनिक भएको छ। टोलीमा ४ वैकल्पिकसहित १८ जना खेलाडी छन्। यसअघि यू १९ को कप्तानी सन्दिप लामिछानेले सम्हाल्दै आएका थिए।
यू- १९ टिमका प्रशिक्षक विनोद दासले दुबै खेलाडी नेपाली राष्ट्रिय टोलीबाट पनि खेलिरहेको यसपालि सन्दीपको साटो दीपेन्द्रलाफ मौका दिइएको बताए। 'दुबै खेलाडी क्षमतावान् छन्,दीपेन्द्रलाई पनि मौका दिऔं नेतृत्वमा कस्तो गर्दो रैछ हेरौं भनेर उसलाई मौका दिएका हौं,' दासले सेतोपाटीसँग भने।
सन्दीप बलर हुन्। उनले १ वर्षयता यू -१९ को कप्तानी सम्हाल्दै आएका थिए। सन्दीपको नेतृत्वमा पछिल्लो पटक यू-१९ विश्वकपको छनौटमा नेपालले अफगानिस्तानसँग दुई खेल हारेको थियो। सो प्रतियोगितामा नेपालको बलिङ राम्रो भए पनि ब्याटिङ जम्न सकेको थिएन।
प्रतियोगिता भदौ २३ देखि मलेसियामा सुरु हुनेछ।
यस्तो छ नेपाली टोली
१. दिपेन्द्र सिंह ऐरी (कप्तान)
२. सन्दिप लामिछाने
३. मोहम्मद आसिफ शेख
४. सन्दिप सुनार
५. प्रनित थापा मगर
६. अनिलकुमार शाह
७. पवन सर्रा
८. रोहितकुमार पौडेल
९. किशोर महतो
१०. शाहव आलम
११. नन्दन यादव
१२. विक्रमकुमार भुसाल
१३. सन्दिप जोरा
१४. सुमित महर्जन
यी हुन् वैकल्पिक खेलाडी
१.कमल सिंह ऐरी
२.ललितनारायण राजवंशी
३.प्रकाश केसी
४.रिजन ढकाल