श्रीलङ्का विरुद्धको चौथो एक दिवसीय क्रिकेट म्याचमा कप्तान विराट कोहली र रोहित शर्माको शतकको मदतले भारत विशाल स्कोरतर्फ अघि बढिरहेको छ ।
कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले ३५ औं ओभरमा ४ विकेटको क्षतिमा २ सय ६२ अन बनाएको छ ।
६ रनको स्कोरमा शिखर धवनलाई गुमाएपछि ब्याटिङ गर्न आएका कोहलीले लशिथ मलिङ्गाको ३ सय औं सिका हुनु अगाडि ९६ बलमा १सय ३१ रन बनाए ।
शर्मा ८८ बलमा १ सय ४ रन बनाएर आउट भए ।