भारतले टी–२० खेलमा श्रीलंकालाई ७ विकेटले हरायो। एक खेलको टी–२० सिरिज जितेसँगै भारतले श्रीलंका भ्रमणमा खेलेका सबै खेल जित्दै क्लिन स्विप गरेको हो।
यसमा भारतीय क्रिकेटका कप्तान विराट कोहलीको प्रदर्शनपछि आइसिसिले उनलाई ‘चेज मास्टर’ को उपाधि दिएको छ। श्रीलंकासँगको खेलमा म्यान अफ द म्याच भएका ‘चेज मास्टर’ विराटलाई सामाजिक संजालमा बधाइको ओइरो लागेको छ।
विराट ब्रेन्डन मैकुलको रेकर्ड तोड्दै टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी दगुरेर रन लिने खेलाडी बनेका छन्।
दिग्गज खेलाडी सचिन तेन्दुलकारका थुप्रै रेकर्ड ताड्दै र उनलाई पछ्याउँदै विराट निकै अघि बढिसकेका छन्।
विराट टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक स्कोर गर्ने तेस्रो खेलाडी पनि बनेका छन्। उनले मार्टिन गुपटिललाई पछि पार्दै तेस्रो स्थान हासिल गरेका हुन्। उनी अघि ब्रेन्डन मैकुलम र टि दिलशन छन्।
त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेटमा १५ हजार रन पुर्याउने विराट ३३ औं खेलाडी हुन्।
यो विराटको ५० औं टी २० अन्तर्राष्ट्रिय क्रिकेट थियो। पहिलो ५० औं टी २० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन जोड्ने खेलाडी पनि उनै हुन्। उनले दिलशनको रेकर्ड तोडेका हुन्।
यसअघि विराटले एकदिवसीय श्रृंखलाको अन्तिम पाचौं खेलमा आफ्नो ३० औं शतक बनाएका थिए। योसँगै उनले अस्ट्रेलियाका रिकी पेन्टिङसँग बराबरी गरेका थिए। अब सर्वाधिक एकदिवसीय श्रृंखलामा शतकको मामिलामा विराटभन्दा अघि सचिन मात्र छन् जसको नाममा ४९ वटा शतक छन्।