मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालको २८२ रन लक्ष्य पछ्याएको थाइल्यान्डले दबाबमा देखिएको छ। खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको उसले तेस्रो विकेट गुमाइसकेको छ।
चौथो ओभरमा थाइल्याण्डले आफ्ना २ विकेट गुमाएको छ। नेपालका सन्दिप लामिछानेले चौथो ओभरको तेस्रो र पाँचौ बलमा विकेट लिएका हुन्।
यसअघि मलेसियाको क्लव अमानको मैदानमा जारी खेलमा जवाफी ब्याटिङ थालेको थाइल्याण्डका ओपनर सुवातलाई नेपालका नन्दन यादवले आउट बनाएका थिए।
यो सँगै चार ओभर समाप्तिमा थाइल्याण्डले ४ विकेट गुमाएर १२ रन बनाएको छ।