हङकङविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १४ खेलाडी छनौट गरेका हुन्।
टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद् भेषावकर, बसन्त रेग्मी, सागर पुन, सोमपाल कामी, बिनोद भण्डारी, करन केसी, सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सुसन भारी, आरिफ शेख, ललित भण्डारी र सुशील कँडेल छन्।
जितेन्द्रकुमार मुखिया, नरेश बुढाएयर, महबुब आलम र कुशल भुर्तेल वैकल्पिक खेलाडीमा समेटिएका छन्।
नेपाली टोली हाल भारत भ्रमणमा रहेको छ। नेपालले भोली पहिलो अभ्यास खेल तमिलनाडु प्रिमियर लिग खेल्ने टोलीसँग खेल्दैछ।