विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल सोमबार पनि वर्षाको कारण रद्द भएको छ। खेल रद्ध भएसँगै नेपाल र हङकङले १-१ अंक बाँडेका छन्।
हङकङसँग अंक बाँड्दा नेपाल एक तह तल झरेको छ। ९ अंक जोडेको नेपाल अंकतालिकामा छैटौं स्थानमा छ। पाँचौं स्थानको केन्याको १२ तथा चौथो स्थानको हङकङको १४ अंक भएको छ।
यसको अर्थ अब नेपालको अन्तिम चरणमा युएईसँग हुने दुबै खेलमा जित निकाले पनि १३ अंक मात्र हुनेछ र चौथो स्थान हात पार्न सक्ने छैन।
प्रतियोगिताका शीर्ष चार टिम एक दिवसीय विश्वकप प्रतियोगितामा जानेछन् भने पुछारका चार टिम डिभिजन–२ मा झर्ने प्रावधान छ।