न्युजिल्यान्डविरुद्धको तीन एकदिवसीय सिरिजको दोस्रो खेलमा भारत विजयी भएको छ।
पुनेमा भएको दोस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै शृंखला बराबरीमा ल्याएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनायो। २ सय ३१ रन लक्ष्य पछ्याएको भारत ४ विकेट गुमाउँदै ४६ ओभर खेलेर पार गर्यो।
भारतका लागि शिखर धवनले सर्वाधिक ६८ रन बनाए। दिनेश कार्तिकले नटआउट ६४ रनको योगदान दिए। महेन्द्रसिंह धोनी १८ रनमा नटआउट रहे। कप्तान विराट कोहलीले २९ तथा हार्दिक पान्ड्याले ३० रन बनाए।
यसअघि टम लाथामले ३८, हेनरी निकोल्सले ४२ र ग्रान्डहोमले ४१ रनको योगदानमा न्युजिल्यान्डले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनाएको हो।
बलिङतर्फ भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए भने युजवेन्द्र चहाल र जसप्रित बुमराहले २–२ विकेट हात पारेका थिए।