आफूमाथि गरेको यौन उत्पीडनको मामिलामा अभिनेता नाना पाटेकरलाई प्रहरीले 'क्लिन चिट' दिएपछि आक्रोशित बनेकी अभिनेत्री तनुश्री दत्ताले त्यसविरूद्ध अदालतमा याचिका दायर गर्ने भएकी छन्।
प्रहरीले सो प्रकरणमा यथेस्ट प्रमाण नपुगेको भन्दै कुनै किसिमको मुद्धा बनाउन अस्वीकार गर्दै त्यसलाई बन्द गर्ने निर्णय गरेको थियो।
तनुश्रीले मुम्बईको अंधेरीस्थित रेलवे मोबाइल कोर्टमा आफ्ना वकिल नितिन सतपुतेको माध्यमबाट याचिका दायर गर्न लागेकी हुन्।
सतपुतले अदालतले आफूहरूलाई प्रहरीको मुद्दा बन्द गर्ने 'बि समरी रिपोर्ट'को विरूद्ध याचिका गर्ने समय उपलब्ध गराएको बताएका छन्। सो समयमा मुद्दा बन्द गर्ने सिफारिस गरेको ओशिवारा प्रहरी कार्यालयका एकजना पनि प्रतिनिधि उपस्थित थिएनन्।
यस मामिलालाई उदालतले ७ सेपटेम्बरसम्मका लागि स्थगित गरेको छ।
गत वर्ष सेप्टेम्बरमा तनुश्रीले नानामाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन। उनका अनुसार एक सिनेमाको सुटिङका दौरान नानाले उनीमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन। आरोपको नानाले खण्डन गर्दै आएका छन्।