अनुराग कश्यप निर्देशित 'ग्याङ्स् अफ वासेपुर' संसारका उत्कृष्ट सय सिनेमाको सूचिमा पर्न सफल भएको छ। यस सूचिमा पर्ने यो एकमात्र भारतीय सिनेमा हो।
सिनेमा चर्चित बेलायती पत्रिका 'द गार्डियन'को २१ औं शताब्दीको उत्कृष्ट सिनेमाको सूचिमा परेको हो।
शनिबार कश्यपले आफ्नो इन्स्टाग्राममा आफ्नो सिनेमा यस सूचिको ५९ औं नम्बरमा परेको घोषणा गरेका हुन्।
'यहाँसम्म आइपुगेकोमा गर्व छ। तर यो मेरो सूचि होइन्। मेरा रोजाइका कयौं सिनेमा छन् जो यो सूचिमा मेरो सिनेमाभन्दा तल हुन सक्दैनन्। 'द डार्क नाइट' यो भन्दा माथि पर्ने हक राख्ने सिनेमा हो। सूचिको पहिलो नम्बरमा रहेको सिनेमासँग म एकदमै सहमत छु। यो मलाई सबैभन्दा मनपर्ने सिनेमा हो', इन्स्टामा आफ्नो सिनेमाको उपलब्धीको घोषणा गर्दै कश्यपले भने।
'ग्यागं अफ वासेपुर' सन् २०१२ मा रिलिज भएको थियो। यस सिनेमाले झारखण्डको धनबाद जिल्लाको वासेपुर शहरमा रहेको एक कोइला माफियाको कथा प्रस्तुत गर्छ।
दुई भागको सिनेमा दर्शकले त्यतिबेला खुबै मनपराएका थिए। सिनेमा वक्सअफिस र समिक्षकिय दृष्टिकोणमा समेत सफल भएको थियो। सिनेमामा मनोज बाजपेयी, नवाजद्दीन सिद्दिकी, पीयूष मेहरा तथा ऋचा चड्ढाले प्रमूख भूमिकामा अभिनय गरेका थिए।
'द गार्डियन'ले निकालेको यस सूचिको एक नम्बरमा 'देयर विल बि ब्लड' सिनेमा रेहको छ बने १०० नम्बरमा लियोनार्दो डि क्याप्रियोको 'वानस अपन अ टाइम इन हलिउड' रहेको छ।