बिना पासपोर्ट नेपाला आउन लाग्दा एयर इण्डियाका कर्मचारीबाट दिल्ली विमानस्थलमै रोकिएका चर्चित भारतीय टेलिभिजन कलाकार करणवीर बोहरा नेपाल आइपुगेका छन्।
उनी शुक्रबार नेपाल आइपुगेका हुन्।
काठमाडौंको त्रिभुवन विमानस्थलमा रोकिए लगत्तै करणले विमानस्थलमा रहेको सेल्फी पोइन्टमा तस्विर खिच्दै आफू नेपाल आइपुगेको जनाउ दिने ट्विट गरेका छन्।
तस्वीरसहितको ट्विटमा उनले 'चील' ओर्लियो लेखेका छन्।
बिहीबार आधारकार्ड बोकेर नेपाल घुम्न निस्केको भन्दै उनलाई नेपाल आउन नदिइएको हो। भारत सरकारको नियम अनुसार आधार कार्डलाई भ्रमण कागजात मानिदैन। नियम अनुसार हवाईयात्राका लागि यात्रीसँग अनिवार्य पासपोर्ट हुनुपर्छ।
यो प्रावधान हवाइयात्राका लागि मात्र हो, सडक यात्राको हकमा भने यो लागु हुँदैन।
नेपाल आउन रोकिएपछि करणवीरले ट्विट गर्दै असन्तुष्टि व्यक्त गरेका थिए।
'नेपाल जान लाग्दा दिल्ली विमानस्थलमा डिपोर्ट गरियो। आधारकार्ड लिएर यात्रा गर्ने अनुमति छैन। नेपाल सरकारले यसको अनुमति दिएको छ भने मलाई किन डिपोर्ट गरियो। एयर इन्डियाले मुम्बईबाट उडान अनुमति दिसकेपछि यहाँ किन रोकियो?', करणवीरले ट्विट गरेका थिए।
त्यसपछि एयर इन्डियाले करणवीरलाई उनकै ट्विटमा जवाफ दिएको छ। एक फाइलसहित गरिएको सो ट्वीटमा उसले नेपाल यात्रा गर्न अनिवार्य पासपोर्ट हुनुपर्ने जानकारी दिएको थियो।
यो पनि पढ्नुहोस्ः