पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ पुस्तक 'अर्थ-राजनीतिक विमर्श' सांङ्ग्रिला बुक्सले बजारमा आएको छ।
डा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको उक्त पुस्तकमा राजनीतिक वाददेखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन्।
'पुराना पार्टीहरु र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरु पनि मौजुदा गतिरोध र असामान्जस्यमा फसिरहेको सन्दर्भमा यो पुस्ताकलाई वैचारिक बहसको थालनीको रुपमा लिएको छु,' पुस्तकका विषयमा बोल्दै भट्टराईले भने।
पुस्तकको भूमिका डम्बर खतिवडाले लेखेका छन्। उनले ‘यो पुस्तकले एक्काइसौं शताब्दीको वैश्विक-वैचारिक परिवेशलाई बुझ्न र विशेषत: उतर-गणतान्त्रिक युगको नेपाली राजनीतिको भावी कार्यदिशा निर्धारण गर्न गहिरो अभिप्रेरणा दिनेछ,' भनेका छन्।
'अर्थ-राजनीतिक विमर्श' पुस्तकले सबै खेमाका राजनीतिक अभियन्ता, विकास समृद्धिका आकांक्षी, नीति-निर्माता र बिशेषत: जिज्ञासु युवालाई आवश्यक सन्दर्भ सामग्री र बौद्धिक खुराक मिल्ने प्रकाशक सांङ्ग्रिला बुक्सको भनाइ छ।
२७४ पृष्ठको पुस्तक को मूल्य ४६४ रुपैयाँ तोकिएको छ।