दार्जिलिङका लेखक लेखनाथ क्षेत्रीको उपन्यास 'फुलाङ्गे' बजारमा आएको छ। सांग्रीला बुक्सद्वारा प्रकाशित 'फुलाङ्गे' लेखकको पहिलो आख्यान हो। उनले यसअघि भारतीय लेखक सांग्रीला बुक्सबाटै प्रकाशित रवीश कुमारको चर्चित पुस्तक 'मुक्त आवाज' नेपालीमा अनुवाद गरेका छन्।
'फुलाङ्गे' दार्जीलिङ तथा गोर्खाल्याण्ड आन्दोलनको संघर्षको समाजशास्त्रीय अध्ययनको दस्तावेज हो। सत्ता र शक्तिबीच दबाइएको सपनाको कथा भन्ने फुलाङ्गेका पात्रहरू सत्ताले निर्माण गरेका कठपुतलीहरु हुन्।
दार्जिलिङलाई कठपुतली हुन् कसले अभिशप्त पार्योरु यसको उत्तर लेखकले उपन्यासमा सरल पात्रका खतरनाक चरित्र वरिपरि खोज्ने प्रयास गरेका छन्। लेखक भारतको दार्जिलिङमा बसेर लेखन र अनुवादमा सक्रिय छन्।
सांग्रीला बुक्स नेपाल र इन्डियाले संयुक्तरुपमा प्रकाशन गरेको उपन्यास ुफुलाङ्गेु भारतका नेपाली पाठकका लागि अर्को सातादेखि उपलब्ध हुने प्रकाशक मणि शर्माले बताए। यस उपन्यासको नेपाली मूल्य ३३५ रुपियाँ र भारतीय मूल्य २५० रुपियाँ तोकिएको छ।