पत्रकार होम कार्कीले विदेश भूमिका नेपाली श्रमिक वर्गको भोगाइ समेटेर लेखेको पुस्तक ‘सनैया’ प्रकाशित भएको छ। पुस्तक लेखकले कतार प्रतिनिधिका रुपमा काम गर्दा खाडी क्षेत्रमा ५ सय ४० जना नेपाली कामदारसँग गरेको कुराकानी र अन्तर्वार्तामा आधारित छ।
कार्की विगत एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाको रिपोर्टिङमा संलग्न छन्। त्यस क्रममा चार वर्ष १८ अध्यायमा बाँडिएको यो किताबमा आप्रवासी मजदुरहरूको उत्पीडन र संघर्षको चक्रलाई भिन्न–भिन्न पात्र र कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ।
नेपाली मजदुरको बाहुल्य रहेको कतारको सनैया क्षेत्रको नामबाट पुस्तकको नाम जुराइएको हो। दोहा बसेर पत्रकारिता गरेका उनले कतार, साउदी अरब, बहराइन, ओमन र कुवेतबाट स्थलगत रिपोर्टिङ गरेका छन्।
‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरू भेटेर फर्कन्थेँ, त्यो रात मेरो निद्रा भाग्थ्यो। फिटिक्कै निदाउन सक्दिनथेँ। बन्द गरेका आँखावरिपरि उनीहरू झल्झली घुमिरहन्थे। ती झझल्कोलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो,’ लेखक होम कार्की भन्छन्, ‘यो किताब त्यसैको परिणाम हो।’
यसमा पाठकले पीडा र समस्या, आँसु र पसिनामात्र हैन, खुशी, प्रेम र सफलताका असामान्य घट्नाहरू पनि पढ्न पाउने प्रकाशकले विज्ञप्तिमा जनाएको छ।
कार्कीले पुस्तकमा उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने र आफ्नो श्रमलाई रियाल, दिनार र दिराममा साटेर नेपाल पठाउने मजदुरको कथा समेटेका छन्। ‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरूलाई भेटेर फर्कन्थेँ, त्यो रात मेरो निद्रा भाग्थ्यो।फिटिक्कै निदाउन सक्दिनथेँ। बन्द गरेका आँखावरिपरि उनीहरू झल्झली घुमिरहन्थे। ती झझल्कोलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो,’ लेखक होम कार्की भन्छन्, ‘यो किताब त्यसैको परिणाम हो।’
कार्की विगत एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाहरुको रिपोर्टिङमा संलग्न छन्। त्यस क्रममा चार वर्ष दोहामा बसेर पत्रकारिता गरेको अनुभव उनीसँग छ। कार्कीले कतार, साउदी अरब, बहराइन, ओमन र कुवेत गएर गरेका स्थलगत लेखनले पनि राम्रो चर्चा पाएका थिए।
किताब पब्लिसर्सले प्रकाशन गरेको ‘सनैया’ सोमबार सार्वजनिक भएको हो ।