पत्रकार तथा लेखक कमल रिजालद्वारा लिखित उपन्यास 'सत्यवती' सार्वजनिक भएको छ।
महाभारतको कथामा आधारित दार्शनिक उपन्यास सत्यवतीमा तत्कालीन महाभारतको कथा मात्र छैन, त्यसैको माध्यमबाट वर्तमान समयलाई पनि सम्बोधन गरेको छ।
मूलतः सत्यवती र ब्यास बीचमा भएको संवादमा आधारित उपन्यासले पूर्वीय दर्शनको सार, विषेसता र गूढ रहस्यलाई पिँधसम्म उधिनेर त्यसमा पलाएको विकृति र सामाजिक विसंगतिलाई छिमलेको छ।
लेखक रिजालको यसअघि विभिन्न विधाका दर्जनौं पुस्तक प्रकाशित छन् भने सत्यवती उहाँको चौथो औपन्यासिक कृति हो।
‘महाभारतको विषयवस्तुमा टेकेर व्यास र सत्यवतीको संवादलाई पूर्वीय दर्शनको आवरणमा राख्ने प्रयास गरेको छु, यसको बाँकी समिक्षा गर्ने जिम्मा पाठकलाई छाडेको छु’, रिजलाले भने।
सांग्रीला बुक्सले प्रकाशन गरेको 'सत्यवती' उपन्यासको पृष्ठ ३८६ रहेको छ र यसको मूल्य ४९५ रहेको छ।