लेखक तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको दुइवटा किताब सार्वजनिक भएको छ। 'पनौतीको बाह्रवर्षे मकरमेला' र अंग्रेजीमा लेखिएको 'मकरमेला अफ पनौती' नामक दुइवटा किताब सार्वजनिक भएको हो।
पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने, साहित्यकार तथा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, आख्यानकार तथा समालोचक प्रभा बराल र साहित्यकार लाकोजूले एक कार्यक्रममा संयुक्त रूपमा यी किताब सार्वजनिक गरे।
कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले पनौतीको लाकाजूको किताब बाह्रवर्षे मकरमेला चिनाउने एक पठनीय कृति भएको बताए। सर्जक लाकोजूले पुस्तकले पनौतीको ऐतिहासिक महत्वको मेलाबारे परिचय दिने बताए। त्यस्तै, साहित्यकार तथा समालोचक प्रभा बरालले पनौतीलाई बुझ्न यो किताब अत्यन्त जानकारीमूलक रहेको बताइन्। अंग्रेजीमा समेत प्रकाशित यस किताबले पनौतीनगरलाई स्वदेशमा मात्र नभई विदेशमा समेत परिचित गराउन मद्दत गराउने उनले बताइन।
कार्यक्रमक्रममै कवि सूर्यप्रसाद लाकोजूद्वारा लेखिएको, विजयराम कर्माचार्यको स्वर, सुरेन्द्र श्रेष्ठको संगीत रहेको पनौतीको गीत सार्वजनिक भयो। कार्यक्रममा नगर प्रमुख न्यौपानेसहित उद्योग वाणिज्य महासंघ काभ्रेका अध्यक्ष राजेन्द्र पसछे, गायक विजयराम कर्माचार्य, सुरेन्द्र श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए।