संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशी एयरलाइन्सलाई नेपाल एयरलाइन्सले लिने गरेको भाडाभन्दा धेरै नलिन निर्देशन दिने भएको छ।
मन्त्रालयले यसका लागि नेपाल एयरलाइन्स र हिमालयलाई सहुलियत दरमा भाडा निर्धारण गर्न पहिला निर्देशन दिने त्यसपछि विदेशी एयरलाइन्सलाई नि सो भन्दा धेरै भाडा नलिन निर्देशन दिने निर्णय गरेको हो।
नेपाली एयरलाइन्सल उडान नगर्ने ठाउँमा भने समुन्वयन गरेर सहजीकरण गरिने छ
त्यस्तै चार्डर्ड उडानका सन्दर्भमा भने सरकारले निर्धारण गरेको भन्दा धेरै लिन नपाइने र यदि त्यसो भएमा अनुमति नदिने मन्त्रालयले नि्णय गरेको छ।
सरकारले नियमित उडान खोलेपछि धेरै गन्तव्यमा चार्टर्डभन्दा तीनगुणसम्म महंगो भाडा निर्धारण गरिएको थियो।
यसअघि सरकारले विभिन्न देशमा रहेका नेपालीलाई चार्टर्ड उडानबाट नेपाल आउन दिएको थियो। चार्टर्ड उडानमा भाडा महंगो भएको तथा सीमित ट्राभल एजेन्सीले मात्र लाभ लिएको भन्ने गुनासो आएपछि सरकारले केही गन्तव्यमा नियमित उडान खोलिसकेको छ।
तर नियमित उडानको भाडा चार्टर्डभन्दा महंगो भएको छ। नियमित उडानमा चार्टर्डमा जस्तो सरकारले हस्तक्षेप गरेकाले एयरलाइन्सहरुले माग र आपूर्तिकै आधारमा भाडाको हिसाब गर्दा महंगो देखिएको छ।
हवाइ यात्राका लागि टिकेटिङ गर्ने प्रणाली जिडिएस (ग्लोबल डिस्ट्रिब्युसन सिस्टम)मा हाल उल्लेखित भएको भाडादर चार्टर्डभन्दा धेरै महंगो देखिएको छ। कतिपय गन्तव्यमा दोब्बरभन्दा बढी भाडा देखाइएको छ।
ट्राभल एजेन्सीहरुले दिएको जानकारीअनुसार केही दक्षिण कोरिया बाहेक अधिकांश नियमित उडान गर्ने भनिएका गन्तव्यमा चार्टर्डभन्दा महंगो भाडा हुने छ।
संयुक्त अरब इमरेट्सका सारजाह, आबुधावी र दुबइको भाडा चार्टर्डभन्दा करिब दोब्बर महंगो भाडा एयरलाइन्सहरुले प्रणालीमा भाडा देखिएका छन्। सारजाहको ८२६ अमेरिकी डलरसम्म भाडा देखाइएको छ भने दुबइको पनि ८ सय डलरम्म देखाइएको छ। युएइका तीनवटै गन्तव्यमा चार्टर्ड ४ सय डलरसम्म थियो।
त्यस्तै मलेसियाको चार्टर्ड भाडा ४ सय डलरसम्म नै भएकोमा ६५० डलरसम्म भाडा देखाइएको छ। द