नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष नियुक्त भएपछि पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै मदन खरेलले संस्थाको वर्तमान अवस्थाको बारेमा श्वेतपत्र जारी गरे। उक्त कार्यक्रममा बोल्दै उनले नेपाल एयरलाइन्सको वित्तीय अवस्था नाजुक होयन संकटग्रस्त रहेको प्रस्तुत गरेका छन्।
एयरलाइन्सले कमाएको पैसाले दैनिक संस्था संचालन गर्नसक्ने हैसियतमा नभएको भन्दै सरकाले उद्धार गर्नुपर्ने उनको आशय रहेको छ। मासिक नगद प्रवाह ऋणणत्मक रहेको उनले सार्वजनिक गरेको श्वेतपत्रमा देखाइएको छ। अर्थात् एयरलाइन्सले महिनामा कमाउनेभन्दा खर्च हुने रकम धेरै हो। यस्तो अवस्थामा एयरलाइन्सले कर्मचारीलाई दिने तलब वा अन्य केही पनि काम गर्न कठिन अवस्थामा पुगेको संकेत गर्दछ।
एयरलाइन्सका अनुसार महिनामा अहिले १ अर्ब २२ करोड ७८ लाख रुपैयाँ एयरलाइन्सले कमाउछ। तर खर्च भने १ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ भइरहेको छ। यस्तोमा एयरलाइन्सलाई महिनामा ३१ करोड ७७ लाख रुपैयाँ अपुग रहेको छ।
यही अवसरमा सरकारले तत्काल पाँच अर्ब रुपैयाँ इक्वीटी स्वरुप लगानी गरिदिए सहज हुने उनको आसय रहेको छ। तर एयरलाइन्सले एक वर्ष अघि नै सरकारसँग २० अर्ब रुपैयाँ मागिसकेको छ।
‘हामीले माग गरेको २० अर्ब रुपैयाँ एकैपटक आउछ भन्ने पनि होइन तत्काल केही रकम पाएपछि हामी त्यसलाई पुँजी वृद्धि गरेर संस्थाको क्षमता वृद्धिमा प्रयोग गर्छौं,’ अध्यक्ष खरेलले भने।
दैनिक नगदप्रवाह नै ऋणात्मक भएपछि संस्थाको वित्तीय अवस्था संकटग्रस्त बन्दै गएकोमा कुनै शंका छैन। तर यो नै टाट पल्टिने सुरुवात हो त?
बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भइसकेका चार्टट एकाउन्टेन अनलराज भट्टराई भने सम्पत्ति प्रसस्त भएको संस्थामा नगदप्रवाह रोकिदैमा टाट पल्टिन लागेको भन्न नमिल्ने बताउछन्।
‘जहाज नै विग्रिएको त होइन नि त्यो जहाजको उपयोग राम्रोसँग भएमा त्यसले व्यापार गर्दा भोलि क्यास फ्लो भइहाल्छ नि’ उनले भने। तर ठुलो ऋण र ब्याजको भार एकातिर बढ्दै जाने तर व्यापारी सुधार नहुने हो भने त्यो दिन टाढा नहुने उनको भनाइ छ।
उनका भनाईमा व्यापारीक संस्थामा स्वभाविकरुपमा सोच्दा कहिलेकाही हुने समस्यामात्र हो यो।
तर अवस्था यतिमात्र सिमित छैन।
हालैमात्र २४ अर्ब ऋणमा आएका दुई ठुला वाइड बडी जहाज संचालन गर्न आवस्यक पाइलट ल्याउन नसकेर एयरलाइन्सले भएकै गन्तव्यमा राम्रोसँग उडान सकिरहेको छैन। त्यसबाट दैनिक नोक्सानीमात्र भइरहेको छ। यसमा लामा दूरीका गन्तव्य नपाएको भन्दै पन्छिने रोग अहिले आएका अध्यक्षलाई पनि छोडेन।
पूर्ण क्षमतामा जहाज उडान नसके नेपाल एयरलाइन्सलाई सरकारले सँधै उद्धार गरेर चलाउन नसकिने शंकेत अर्थमन्त्रीले दिइसकेका छन्। उनले व्यापारीक संस्था भएकोले सार्वजनिक कम्पनी मोडलमा जानुपर्ने सुझाव पनि दिइसकेका छन्।
तर नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार भने अहिले भएकै गन्तव्यमा पूर्ण क्षमतामा चलाउँदै जाँदा नगद प्रवाह राम्रो हुने र त्यसमा सरकारले थप बजेट दिएमा राहत मिल्ने बताउछन्।
‘अहिले भएकै गन्तब्यहरुमा उडान संख्या बढाउँदै लगे पनि नगद प्रवाह राम्रै हुन्छ र ब्याज तिर्नमा समस्या हुन्दैन, यो हरेसको मानसिकता कायम राख्यो भने त निगम कहिल्यै उभो लाग्दैन’ उनले भने।
यी पनि पढ्नुहाेस